समाचार

सिके राउत पुर्पक्षका लागि जेल चलान

रौतहट । झण्डै दई महिना प्रहरी हिरासतमा रहेका सीके राउतलाई बिहीबार जिल्ला अदालत गौरले पुर्पक्षको लागि कारागार राख्ने आदेश दिएको छ । सांगठानिक आपराध गरेको आरोपमा उनलाई कारागार राख्ने आदेश दिएको हो ।

राज्यविरुद्धको सांगठानिक अपराध कसुर अन्तरर्गत पक्राउ गरी अनुसन्धानपछि प्रहरीले उनलाई अदालतमा पेस गरेको थियो।

विहिवार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले राउतलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश गरेको हो । यसअघि राउतका आफन्तले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

गएको असोज २१ गते गौर अदालतमा नियमित तारेख लिन आएका राउतलाई जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालको निर्देशनमा पक्राउ गरिएको थियो । त्यसपछि उनीविरुद्ध सांगठानिक आपराधको मुद्दा दर्ता गरिएको हो ।

त्यसअघि बिभिन्न जिल्लाहरुमा राज्य बिरुद्धको पराधमा उनलाई पक्रेर मुद्दा चलाइए पनि छुटेका थिए । राउतले स्वतन्त्र र छुट्टै मधेशको वकालत गर्दै आएका थिए ।