बाग्मती

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।