पत्रपत्रिका

कामको अनुगमन गर्न ‘एक्सन रुम’

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना र तत्काल सम्बोधन गरिनुपर्ने कामबारे इन्टरनेट प्रविधिको माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफै प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्ने व्यवस्था मिलाइँदैछ ।
त्यसका लागि तत्काल समस्या समाधान कक्ष ( एक्सन रुम) तयार गरिने छ त्यस्तो कार्यकक्ष तीन महिनाभित्र सक्ने गरी निमार्ण कार्य थालिएको समाचार गोरखापत्रमा छ ।

संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको आउँदो आइतबार संसदीय सुनुवाइ गर्ने निणय गरेको छ ।

नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि जारी केन्द्रीय कार्यसमितिको बैठकमा विधानको प्रस्तावनामै सुधार गर्नुपर्ने सुझाव आएको समाचार पनि छापेको छ । प्लास्टिकको ‘डथ सी म्याप’ बनाएर विश्वलार्इ प्लास्टिकबाट हुने प्रदूषणबाट मुक्त गराउने सन्देशका साथै विश्व रेकर्ड राख्ने कार्यक्रम आयोजना गरिएको समाचार पनि छ ।