खेलकुद

बर्नलीलाई हराउँदै लिभरपुलले सिटीसंगको अंक घटायो

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा फुटबलमा लिभरपुलले जित निकालेको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको लिभरपुलले बर्नलीलाई ३ – १ गोल अन्तरले हराउँदै म्यान्चेष्टर सिटीसंगको अंकको दूरी घटाएको छ ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर उसैको मैदानमा हराएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो र शाकिरीले एक एक गोल गरे । बर्नलीका ज्याक कोर्कले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोर्कको गोलबाट बर्नलीले सुरुवाती अग्रता बनाएको थियो । तर, ६२ औं मिनेटमा मिल्नरको गोलबाट लिभरपुल खेलमा फर्कियो ।

दोस्रो हाफमा निकै आक्रमक देखिएको लिभरपुलले खेलको ६९ औं मिनेटमा फिर्मिन्होको गोलबाट २ –१ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३ – १ को जित दिलाए ।

जितसंगै लिभरपुलले १५ खेलबाट ३९ अंक जोडेको छ । सिटीको ४१ अंक छ । रेलिगेसन क्षेत्रको बर्नलीको ९ अंक छ ।