समाचार

मजदुर अधिकार र सुुरक्षाको लागी सामाजीक कोष अनिर्वायः जिफण्ट

बुटवल । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको मजदूर सम्बद्ध संस्थाले मजदूरको अधिकार र सुरक्षाको ग्यारेन्टीका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा आएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट प्रदेश नं ५ ले आज बुटवलमा पत्रकारसँग गरेको छलफलमा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको पूर्ण कार्यान्वयन हुनसके मजदूरको सामाजिक सुरक्षा सुनिश्चित हुने भएकाले यसको पूर्ण कार्यान्वयनको माग गरेको छ ।

जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सुरक्षा योजना सम्पूर्ण मजदूरको हकहित र सुरक्षाका लागि अहिलेसम्मकै महत्वपूर्ण रहेकाले रोजगारदाताले योजनाको पूर्ण कार्यान्वयनका ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा जिफण्टका प्रदेश अध्यक्ष हरि कार्कीले सुरक्षा योजना कार्यान्वयनका लागि मजदूर र रोजगारदाताबीच सहकार्य जरुरी रहेको बताएका छन् ।

यस्ता योजनामा औपचारिक क्षेत्रका कामदार मात्र बढी सहभागी हुने अवस्था रहे पछि सरकारले निजी क्षेत्र, ट्रेड युनियन प्रतिनिधिको समेत सहभागितामा नयाँ सामाजिक सुरक्षा ऐन बनाएको हो । यो योजना कार्यान्वयनमा आएपछि पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकले स्वास्थ्य, दुर्घटना, अशक्तता, पारिवारिक सुरक्षा, निवृत्तिभरणलगायतका सुविधा पाउनेछन् ।