समाचार

भालुको आक्रमणबाट दुई जना घाइते

धनगढी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनभएका छन्।

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताएका छन् । उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएका छन् । उनको घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेका हुन्। आक्रमणबाट उनले एक आँखा गुमाएका छन्। गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगीएका छ।