मनोरञ्जन

राजेश पायलको “लुकेर हेर्यौ मायाले बेर्यौ ” सार्बजनिक

काठमाण्डौ । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा चर्चित भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको सर्वोकृष्ट अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ । सागर गौत्तमको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।