आर्थिक

ज्योति विकास बैंकको एकै दिन चार नयाँ शाखा संचालनमा

काठमाण्डौ । ज्योति विकास बैंक लि. ले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बरालज्यू तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच २०७५ मंसिर १७ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

त्यसैगरि ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइरालाज्यू र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीद्वारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिका का मेयर मंगल प्रसाद थारु तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा गरे ।