आर्थिक

एनआईसी बैंकको कार्यकारीमा रोशन न्यौपाने नियुक्त

काठमाण्डौ । एनआई सी एसिया बैंकको आईतबार बसेको ३७९ औं सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तत्कालिन प्रमुखकार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भएपश्चात      न्यौपानेले कायममूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । नबनियुक्त कार्यकारी प्रमुख न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचानबनाई सकेको छ ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमातत्कालीन बैंक अफएशिया नेपालबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व प्रदानगर्दै बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रुपमा कार्य गर्दै आएका छन् । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै बैंकका संचालक समितिका अध्यक्ष तुलसी रामअग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । । तत्पश्चात नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्त आदरणीय ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरे वमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिकालागि एक उत्कृष्ट बैंकको रुपमा यस बैंकलाई थपउचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । साथै वहाँले “बैंक पनि साथीपनि, राम्रो पनिहाम्रो पनि”भन्ने बैंकको नारालाई मुर्तरुप दिन सम्पूर्ण बैंक परिवार हरहमेसा प्रतिबद्ध रहने प्रण गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४लाखभन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफलभएको छ । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएमसहितदेशकै सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।