आर्थिक

ज्योति विकास बैंकको नयाँ शाखा अब कावासोतीमा

काठमाण्डौ । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्वारा एक कार्यक्रमका बिच मंसिर १६, २०७५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेकोछ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।