सूचना प्रविधि

वैदेशिक रोजगारीमा जानेका लागि अनलाइन टोकन

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदालाई सहज रुपमा सेवा दिन वैदेशिक रोजगार कार्यलय ताहाचलले आइतबादेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली सुरु भएको कार्यलयले बताएको छ ।

टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति पुन : श्रम स्वीकृ्ित र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएम) बाट प्राप्त निवेदनमा उल्लेख गरिएको टोकन नम्बरका आधारमा दिएको मिति समयमा मात्र काम हुने विभागले बताएको छ ।

सरकारले गएको असोज १५ देखि एकीकृत बैदेशिक रोजगार सु्चना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु भएको थिएन । यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारसम्बन्धी तयारी पनि गरेको छ ।