गण्डकी प्रदेश

पत्रकारिता पुरस्कारबाट पर्वतका छ पत्रकार पुरस्कृत

पर्वत । नेपाल पत्रकार महासङ्घ पर्वतले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पर्वतका छ पत्रकार पुरस्कृत भएका छन् ।

शाखाको शनिबार सम्पन्न दशौँ साधारणसभाको अवसरमा पत्रकारलाई नगदसहित सिर्जनशील पत्रकारिता पुरस्कार वितरण गरिएको थियो। पुरस्कृत हुनेहरुमा २०७० को सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्तोष थापा, २०७१ को पुरस्कारबाट गणेश पौडेल, २०७२ को पुरस्कारबाट अगन्धर तिवारी, २०७३ को पुरस्कारबाट माया अधिकारी, २०७४ को पुरस्कारबाट राजबाबु पिसी र २०७५ को पुरस्कारबाट रोशनी तिवारी रहेका छन् । पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी पर्वतको पत्रकारितामा योगदान पु¥याएको भन्दै संस्थापक अध्यक्ष भोलानाथ शर्मालाई सम्मान गरेका थिए ।

कार्यक्रममा महासङ्घका महासचिव विष्टले मुलुकी अपराध संहितामा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी दफाहरु संशोधन र श्रमजीवी पत्रकार ऐन ठूला र व्यावसायिक मिडियाले कार्यान्वयन नगरेमा आन्दोलन गर्ने चेतावनी दिए।