समाचार

ज्युंदा सहिद टंकप्रसाद जयन्ती सोमबार, सर्बसाधारणलाई उपस्थितिका लागि प्रतिष्ठानको आग्रह

•काठमाण्डौ । पुर्ब प्रधानमन्त्री स्वर्गीय टंकप्रसाद आचार्यको १०७ औं जन्मजयन्ती मंसिर १७ गते मनाईने भएको छ । ज्युंदा सहिद टंक प्रसाद आचार्यको जन्मजयन्ती बिगतमा झैं कोटेस्वरस्थित शालीक माल्यर्पण गर्ने र त्यसपछि दिउँसो सुर्यबिनायक, भक्तपुरस्थित टंकप्रसाद आचार्य स्मिृती प्रतिष्ठानले आचार्यको शालीक संघीय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा अनावरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष अरबिन्द रिमालले बताए ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि मुख्य नेतृत्वमा रहेर योगदान गरेका पुर्ब प्रधानमन्त्री आचार्यको योगदानमा राज्यले महत्वदिन नसकिरहेको राजनीतिक बिश्लेशकहरुले बताईरहेका बेला टंक प्रसाद आचार्य प्रतिष्ठानले प्रत्येक बर्ष उन्मजयन्ती मनाउने, ग्रामीण भेगका बिद्यार्थीहरुलाई छात्रबृती प्रदान गर्ने, स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने लगायतका महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।

बर्तमान केपी शर्मा ओली सरकारमा Think Tank तथा  रास्ट्रपति बिध्या भण्डारीको सल्लाहकारको  रुपमा रहेकी डा. मीना आचार्य संस्थामा महासचिबको रुपमा हुनुले पनि प्रतिष्ठानको भबिश्य निर्माणमा टेवा पुगेको कार्यकारी निर्देशक गोबिन्द प्रसाद दुलाल बताउछन् । आचार्य बन्धु समाज नेपालको समेत सहकार्य हुने उक्त कार्यक्रम भब्य हुने समाजका उपाध्यक्ष मोहनलाल आचार्यले सुर्यखबरलाई बताए ।

शालीक अनावरण कार्यक्रमका लागि बिशिष्ठ ब्यक्ती लगायतलाई निम्ता गरिसकिएको छ ।