राजनीति

काँग्रेसले रचनात्मक सहयोग गरेपनि ओली सरकारले नतिजामुखी काम गर्न सकेनः नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताएका छन्। श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कारजस्ता घटनाको अनुसन्धान गर्न सरकारले नसकेको आरोप लगाए । पार्टीका पूर्व महामन्त्री सिंहले संविधान कार्यान्वयनका लागि काङ्ग्रेसको साथ र सहयोग सधैँ सरकारलाई रहेको उल्लेख गरे ।
पछिल्लो समयमा काँग्रेसबृतमा केन्द्र बिन्दुमा रहेका पुर्ब महामन्त्री सिंह देश दौडाहामा समेत निस्किन थालेका छन् । उक्त कार्यक्रममा उनले सभापति शेरबहादुर देउवाले पार्टीभित्र प्रमुख प्रतिपक्षको भूमिका खेल्न नसकेको समेत आरोप लगाएका छन् ।