कुराकानी

कम्युनिष्टहरु कुरामा आदर्शवादी, व्यवहारमा आडम्बरी-केन्द्रीय सदस्य, नेपाली काँग्रेस

नेपाली काँग्रेस  स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनपछि प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ । काँग्रेस दुई तिहाई मतको केपी शर्मा ओली सरकारका बिरुद्धमा रचनात्मक भुमिका खेल्न नसकेको भनेर राजनीतिकबृतमा आलोचना भईरहेको समयमा सभापति शेरबहादुर देउवाको समेत काँग्रेसबृतमा कतिपय समयमा ओलोचना भईरहेको छ । एकातिर काँग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ भने अर्कोतिर काँग्रेस भातृसंस्था नेपाल बिद्यार्थी संघको १२ महाधिवेशनको बिषयमा बिद्यार्थीबृतमा बिबाद कायम नै रहेको छ । रचनात्मक रुपमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नसकिरहेको बेला ओली सरकार, पछिल्लो राजनीतिक अवस्था र काँग्रेसको भूमिकाका बिषयमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य , नेपाल बिद्यार्थी संघका पुर्ब केन्द्रीय अध्यक्ष एबं युवा नेता चन्द्र भण्डारीसंग गरेको कुराकानीको सारसंक्षेपः

कांग्रेसमा अहिले भइरहेको किचलो के का लागि हो ?
यो खासमा कांग्रेसभित्रको किचलो होइन । पार्टीलाई कसरी अनुशासित बनाउने भन्ने विषयको छलफल हो । विवादको आधारमा गएको छैन । विवाद गर्नु पर्ने कुनै कारण पनि छैन ।

नेपालमा रेल चलाउने कुरा गर्ने, घर घरमा ग्यासको पाइप पुर्याउने कुरा गर्ने अनि जनताको ध्यान मोडेर आफूखुसी जे मन लाग्यो त्यही गर्दै अगाडि बढ्ने के हो, यो सरकारको रणनीति ! दुई तिहाईको सरकार हो यो । यो सरकार बढी भन्दा बढी जिम्मेवार हुनुपर्छ । तर सरकारले त जनताको दुई तिहाइको अभिमतको दुरुपयोग गरिरहेको छ । यस्तो गर्ने अधिकार सरकारलाई छैन । जनताले मत यस्ता काम गर्न दिएका होइननन् ।

तर सभापति शेरबहादुर देउवाविरुद्ध नै नाराबाजी भइरहेको छ, त्यो पनि पार्टी केन्द्रीय कार्यालय परिसरमै । यसले के संकेत दिन्छ ?
हो, केही समस्या विद्यार्थी संगठनमा देखिएको छ । यो विषय गम्भीर पनि छ । यो विषयको छिनोफानो गर्न जरुरी छ । नेतृत्वको कमजोरीका कारणले केही दुःख सिंगो पार्टीले व्यहोरिरहेको छ ।

महाधिवेशन आउन डेढ वर्ष बाँकी छ, तर कांग्रेसमा अबको सभापति को बन्ने भन्ने विषयमा चर्चा शुरु हुन थालेको छ । यो अलि बढि नै हतार भएन र ?
एकदमै बढी हतार हो यो । यो बेला महाधिवेशनको कुरा गर्ने समय होइन । पार्टी बलियो बनाउने, भातृ संगठनहरुलाई चलायमान बनाउने समय हो । यो बेला उम्मेद्वार, सभापति, महाधिवेशनको कुरा गर्ने उपयुक्त समय होइन । जसले अहिले देखि नै सभापतिको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ, उहाँहरुले यो तरीकाले कहिले पनि नेतृत्व तहमा पुग्न सक्नु हुन्न ।

अघिल्लो महाधिवेशनमा त अब पार्टी चलायमान हुन्छ, भातृसंगठनहरु गतिशील बन्छन्, समयमै सबै वर्गीय संगठनहरुको महाधिवेशन समयमै हुनेछन् भनिएको थियो । तर अहिले पनि कांग्रेसको हालत किन उस्तै ?
कांग्रेसको इतिहासमै यति धेरै कमजोर नेतृत्व पाएको बेला यहि हो । नेपाली कांग्रेसले यति कमजोर नेतृत्व पाउला भन्ने अनुमान थिएन । यसअघि यति कमजोर नेतृत्व नेपाली कांग्रेसले पाएकै थिएन । कांग्रेसलाई गति दिन सक्ने, क्षमतावान नेतृत्वले नै पार्टी हाँकेका थिए । तर यो बेला काँग्रेस पार्टी बास्तवमै कमजोर अवस्थामा पुगेको छ । त्यो पनि नेतृत्वको कमीकमजोरीका कारण यस्तो भएकोृ हो । गुट उपगुटको रोइलोमा कांगेस फसेको छ । यसकारण यस्ता समस्याबाट नेतृत्व माथि उठ्न सक्नु पर्छ अन्यथा यसको परिणाम निश्चय नै राम्रो हुने छैन ।

सुजाता कोइरालाले सार्वजनिक गर्नु भएको फोटोले अब कोइरालाहरु एक भए । कोइराला विरासतले अब नेतृत्व लिन्छ भन्ने सन्देश दियो भन्ने गरिन्छ नी ?
यो सबै हाउगुजी हो । तिहारको बेला दाजुभाई र दिदीबहिनीबीचको पारिवारिक तस्वीरलाई अनर्थ लगाएर बुझ्न हुँदैन । यो स्वभाविक कुरालाई बढि भन्दा बढि अर्थ लगाएर प्रचार गरिएको छ । यस्तो गर्न आवश्यक छैन । उहाँहरुबीच आपसी प्रेम सद्भाव वृद्धि होस् भन्ने हाम्रो पनि कामना हो । तर पारिवारिक कुरालाई राजनीतिसँग नजोडेको राम्रो हुन्छ । फेरि अब कोइराला विरासतको कुरा भन्ने कुरा छ, यो विषयमा बहस गर्ने बेला भएकै छैन । बेला आएपछि भनौंला गरौंला । नत्र अहिले धेरै अर्थ ननिकालौं ।

कांग्रेसको महासमितिमा हिन्दुराष्ट्रको मुद्दाले स्पेस पाउने कुरा सत्य हो ?
हामीले आफैंले संविधान बनाएका हौं । यो संविधानमा हामीले नै धर्मनिरपेक्षता राखेका हौं । बनाउने बित्तिकै यो चाहिँ ठीक भएन भनेर पछाडि फर्कन मिल्दैन । यस्तो गर्न थालियो भने अर्कोलाई अर्को प्रावधान मन परेको हुँदैन । त्यसले पनि यो हटाउने र अर्को राख्ने भन्दै अगाडि आउला । हामीले बनाएको संविधानको अभ्यास गर्ने हो । यसमै देशको कल्याण छ । संविधान बनाउने बेलामा निश्चय पनि केही कमजोरी भएका छन् । तिनलाई सच्याउन पर्छ । तर अहिले होइन । समय आउँछ । समय आएपछि सच्याउनु पर्छ ।

वर्तमान सरकारले सूचना दिनमै कञ्जुस्याई गरिरहेको छ । के भन्नुहुन्छ ?
बदमासी गरेको, बेइमानी गरेको खबर कसलाई शुरुमै दिन मन हुन्छ र ? मन्त्रिपरिषदमा हुने नहुने सबै निर्णय गरेपछि भरसक त्यस्तो बेइमानी जनताले थाहा नपाउन् भन्ने सबैलाई लाग्छ । सरकारलाई पनि लागेको होला । नत्र भने मन्त्रिपरिषदको निर्णय एक साता बासी बनाएर किन जनतालाई किन दिनुपर्ने ? यो कुरा बुझ्न सकिएको छैन ।  मैले पहिले पनि भनेको थिएँ कि यो सरकारले भ्रष्ट, ठेकेदार र सुनतस्करबाट जोगिनु पर्छ । तर सरकारले आफ्ना यी स्तम्भहरुलाई छाड्न सकेन । नेपालमा रेल चलाउने कुरा गर्ने, घर घरमा ग्यासको पाइप पुर्याउने कुरा गर्ने अनि जनताको ध्यान मोडेर आफूखुसी जे मन लाग्यो त्यही गर्दै अगाडि बढ्ने के हो, यो सरकारको रणनीति ! दुई तिहाईको सरकार हो यो । यो सरकार बढी भन्दा बढी जिम्मेवार हुनुपर्छ । तर सरकारले त जनताको दुई तिहाइको अभिमतको दुरुपयोग गरिरहेको छ । यस्तो गर्ने अधिकार सरकारलाई छैन । जनताले मत यस्ता काम गर्न दिएका होइननन् ।

एनजिओसँग सरकार लम्पसार पर्दैछ भन्ने गरिएको छ नी ?
वास्तवमै एउटा आइएनजिओले गरेको कार्यक्रममा सरकार सहआयोजक बस्ने, करोडौं रुपैया उडाउने गर्नु आफैमा लज्जास्पद कुरा हो । जनताले कर तिरेर जम्मा भएको ढुकुटीको दूरुपयोग यसरी गर्नु हुँदैन । कम्युनिष्टहरु यतिबेला प्रतिपक्षमा भएको भए र कांग्रेस सत्तामा भएको भए रक्तपात मच्चाइसक्थे । तीनवटा प्रदेशमा विकासका लागि एक रुपैया खर्च भएको छैन । केन्द्र सरकारको पनि सात प्रतिशत भन्दा बढी खर्च भएको छैन । विकासका लागि छुट्टयाएको पैसा खर्च गर्न नसक्ने, नचाहिँदो कुरामा उडाउने काम सरकारले गरिरहेको छ । जनताले यस्तो खालको शासन खोजेका होइनन् । निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु, ३३ केजी सुन पत्ता नलाग्नु, सिन्डीकेट हटाउने नाममा पैसा कुम्ल्याउने खेल खेल्नु आफैंमा दुःखलाग्दा विषयहरु हुन् ।

मगन्ते देशको राष्ट्रपतिलाई १८ करोडको गाडी किन चाहियो ? कांग्रेसकै सरकारले यस्तो कुरा ल्यायो भन्ने कुरा छ, के भन्नु हुन्छ ?
जो सुकैले ल्याओस । यो कुरा गलत नै हो । गरिब देशका राष्ट्रपतिले यस्तो विलासी गाडी प्रयोग गर्नु हुँदैन । सबै कुरामा कांग्रेसलाई सत्तो सराप गर्ने अनि राष्ट्रपतिको १८ करोडको गाडीमा चाहिँ किन कांग्रेसकै आज्ञाकारी उत्तराधिकारी बन्नु परेको हो वर्तमान दुई तिहाइको सरकारलाई ? यो मैले बुझ्न सकेको छैन । कम्युनिष्टहरु बोल्छन् मात्रै आदर्शका कुरा । तर यिनीहरु आफैमा आडम्बरी हुन्छन् भन्ने प्रमाणित भयो ।

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा देश बनाउन सबै लाग्छ जरुरी छ, सबै बिमलेमा मात्र समुन्नत, शान्त सुन्दर देश निर्माण हुन्छ त्यसैले सानातिना इगोहरुलाई त्यागेर मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउनतिर लाग्नुपर्छ, सरकारले दुईतिहँईको घमण्ड त्याग्नुपर्यो । सुर्यखबर डट् कम् लाई धन्यबाद मलाई आफ्ना कुरा जनतासम्म पुर्याउने मौका दिनुभयो ।