साहित्य

जेवि अनुरागीको गजल, ‘बा आमा उम्किएंनन साहुको उधार बाट’

          गजल                                               -राजपुर, बर्दिया 

वा आमा उम्किएंनन साहुको उधार बाट,
छोरा पनि बाकसमा फर्कियो कतार बाट ।

जनता राहतका त्रिपालमा गुजारा गर्दैछन,
देश सकियो नेताको महल र उपचार बाट ।

समृदिका मेचि कालि सँघीयमा टुक्रिए झैं,
नारी ओझेल पर्दैछन किन अधिकार बाट ।

अन्त बिकास भो सहकार्य हातेमालो गरेर,
हामी लाचार छौं राजनीति काटमार बाट ।

समय जस्तो निरन्तर चल्ने जन्म मृत्यु हुन,
तर जिन्दगि कट्दैन मुस्कान र आभार बाट ।।