प्रदेश 2

समृद्ध प्रदेशका लागि सकारात्मक भूमिका आवश्यकः मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश निर्माणका लागि सकारात्मक रुपमा आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

प्रदेश नं २ को जनकपुर  एक कार्यक्रममा बोल्दै  उनले कुनै एक पक्षको प्रचारप्रसार गरेर मात्र समृद्ध प्रदेशको सपना साकार हुन नसक्ने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए । सत्य, तथ्य, निष्पक्ष र सकारात्मक समाचार लेख्न उउनले सञ्चारकर्मीसँग आग्रह गरे । “तपाईहरुको कलमले सत्यलाई असत्य र असत्यलाई पनि सत्य बनाउन सक्दछ, यसको सही सदुपयोग गर्नुहोस्,” मुख्यमन्त्री राउतले भने । रातोपाटीका संस्थापक ओम शर्माले रातोपाटी हरेक प्रदेशको विकास, उन्नति, प्रगति र समृद्धिका लागि एक कदम अगाडि रहेर अघि बढ्ने बताए ।