पु.समाचार

ओली सरकारको भ्रष्टाचार र अराजकताका बिरुद्ध तरुण दल पुनः आयो देशब्यापी आन्दोलनमा, सरकार तर्सियो

काठमाण्डौ । नेपाल तरुण दलले नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई निकम्मा प्रधानमन्त्री भन्दै देशभर आन्दोलन गर्ने संकेत दिएको छ । दशैं, तिहार, छठ र नेपाल सम्बत्पछि ओली सरकारले जनतालाई राहत दिने कार्यक्रम केही गर्न नसकेको ठहर गर्दै चाडबाडपछिको पहिलो कार्यक्रमको रुपमा देशभरका जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रदर्शन गर्दै ओली सरकारलाई बिरोधको संकेत दिएको छ ।

ओली सरकार गठन भए यता भएपछि अराजकता बढेको, मुल्यबृद्धी, अन्याय अत्याचारका घटना बढेको, नेपाल एयरलायन्सको वाईड बडी खरिदमा भएइको अरबौंको भ्रष्टाचार, राष्ट्रपतिद्वारा मुलुकको ढुकुटीबाट गरिएको १८ करोडको गाडी खरीद, निर्मला पन्तको बलात्कार र हत्या भएको यतिका दिन बित्दा समेत अपराधी पत्ता नलगाएको बिषयमा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन देशभरका तरुण दलका अध्यक्षहरुलाई परिपत्र गरेको छ । महासचिब भुपेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदा र्याली र जुलुसहित बुझउन निर्देशन समेत दिएको छ ।

तरुण दलले दशैं अगाडी पेट्रोलीयम पदार्थमा भएको मुल्यबृद्धी, निर्मला पन्त बलात्कार र हत्या लगायतमा देशब्यापी आन्दोलन गरेपनि चाडबाढका कारण मौन रुपमा आफ्ना आन्दोलनहरुलाई रोकेको थियो । आन्दोलनका क्रममा दर्जनौं तरुणहरुका साथसाथै दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको टाउकोमा गहिरो चोट समेत लागेको थियो । प्रमुख प्रतिपक्षी दल काँग्रेसको शसक्त युवा भातृसंस्था तरुण दल सडकमा आयो भने ओली सरकारलाई आच्छु आच्छु पार्ने कुरामा क्म्युनिष्ट पार्टीका नेताहरुले समेत तर्क गर्ने गरेका छन् ।

सरकार गठन भएको बर्षदिन हुंन लाग्दा समेत गफ हाँक्ने बाहेक कुर्नै पनि प्रगती हाँसिल गर्न नसकेको भन्दै प्रधानमन्त्री निकटका नेताहरु समेत प्रमुख प्रतिपक्षी दल काँग्रेससंग डराएको स्रोतको दाबी छ । सरकारले तरुण दलको आन्दोलनलाई काँग्रेसले आन्दोलनको सुरुवाती गरेको ठहर गर्दै आन्दोलनको प्रतिबादका लागि काउण्टर दिने रणनीति बनाउन थालेको बुझिएको छ ।

जारी गरिएको विज्ञप्ती