आर्थिक

कनम्याक २०१८ मा केशका ३० मेसिन बुकिङ्ग

काठमाडौं । भारतको Confederation of India Industry (CII) ले पहिलो पटक कनम्याक २०१८ नेपाल भक्तपुरको खुल्ला चौरमा गरेको छ । उक्त कनम्याक २०१८ मा १५० स्टलहरु रहेका थिए । सो कनम्याकमा केश कन्ट्रक्सनको सहभागीता रहेको थियो ।

कनम्याकको मुख्य गेटमै रहेको स्टलमा कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडरप्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केशमोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्यप्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो ।

तिनदिनको कनम्याक २०१८ मा करिव एक हजार दर्शकले अवलोकन गरे भने ३० वटा मेसिन बुकिङ्ग भएको थियो । उक्त प्रर्दशनीमा मेसिनखरिद गर्ने ग्राहकको लागिउपहारको व्यवस्था गरिएको थियो । केशमोटर ग्रेडर खरिदमाब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डि एक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।

विगत दश वर्षदेखि ‘विकासको सारथी’भन्ने नारासहित हेभि इक्युपमेण्ट बिक्री वितरण गर्दै आएको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले देशभर १४ भन्दाबढी स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर, स्किड स्टिर लगायतको हेवी इक्युप्मेन्टको बिक्रीवितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्री पछिका सम्पूर्ण सेवा र मर्मत सम्भार सुविधा प्रदान गर्दै आएको छ ।