*गजल*
उ हेर बलत्कारी लाई जोगाउदैछ सरकार
भ्रष्टाचारले कुर्सी, देश डुबाउदैछ सरकार
*********************************
नेपाली जनता उज्यालो आशा पर्खाइ छन्
जनताको भोट, सपथ चुकाउदैछ सरकार
*********************************
बिहानी प्रतिक्षामा सयौं बलिचढिसके हिजो
बाम सरकार सँगै कानुन डुलाउदैछ सरकार
*********************************
क्रान्तिको फट्को मार्यौ भाषा मात्रै दिनदनै
जनताको पसिनाले गाडी चढाउदैछ सरकार
*********************************
युवाापिढि परदेश ,हातहातमा राहादानी सँगै
नेपालीको तनमन खाडि पठाउँदैछ सरकार
-कपिल मौसम
लेकवेशीः- १० सुर्खेत