समाचार

नेकपाको सचिवालय बैठक भोली बस्नेगरी एकाएक स्थगित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बिहान बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । सोमबार बिहान ९ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा आएर भोलिका लागि सारिएको हो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटब्युरो समिति गठन गर्ने पूर्वनिर्धारित कार्यसूचि रहेको बैठक अन्तिम समयमा आएर गृहकार्य नपुगेको भन्दै स्थगित भएको छ ।

शनिबार अर्थात मंसिर ८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले आज बैठक बस्ने गरि निर्णय गरेको थियो । तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा बनेको ६ महिना बितिसक्दा समेत पार्टीको तल्लो तहसम्म पार्टी एकता हुन सकेको छैन् ।

केन्द्रीय सचिवालयको बैठकपछि पार्टीको स्थायी कमिटीको बैठक बोलाउने नेकपाको तयारी छ ।