मनोरञ्जन

धेरै एल्बम निकालेर डीआर उपाध्यायले राखे नयाँ रेकर्ड

काठमाडौँ । गीतकार डीआर उपाध्यायले नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन्।

नाचघरमा आयोजित समारोहमा वरिष्ठदेखि कनिष्ठ गीतकार , संगीतकार, गायक गायिका, चलचित्रकर्मी, पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो ।

जखम, माउन्टेन मेलोडी,नसालु नजर,जोहो,अन्तराप,प्रतिनाद र सहेली एकैपटक विमोचन भएका थिए।यि एल्बमहरुमा बुलु मुकारुंग , सन्तोष श्रेष्ठ र सागर अधिकारीको संगीत छ भने तिन दर्जन गायक गायिकाले गीत गाएका छन् ।

बिमोचनको साथमा राष्टकवि माधब प्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई नगद ५१ हजारको थैली सहित स्वर्णपत्र सहित सम्मान गरिएको थियो ।

यसको अलबा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डीआरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् । शब्द केलाउन सिपालु छन् ।नेपाली संगीत भन्डारमा राम्रा राम्रा एल्बम दिएर प्रंशसा योग्य काम गरेका छन् ।