विशेष

२४ अर्बको वाईडबढी खरिदमा झण्डैँ ७ अर्बको घोटाला, त्यत्रो पैसा कसले कुम्ल्यायो ?

काठमाडौँ । सरकारले खरिद गरेको वाईडवडीको विमानमा चरम अनियमितता भएको सार्वजनिक लेखा समितिले जनाएको छ । समितिको आजको बैठकले नेपाल वायु सेवा निगमको जहाज खरिद गर्दा करिब ७ अर्ब घोटाला भएको जनाएको हो ।

विमान खरिद प्रकरण र आर्थिक संकट लगायतमा २४ अर्बमा विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको देखिएको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले लिखित रुपमै प्रश्न उठाएका छन् ।

जहाज उत्पादक कम्पनिले खरिदकर्तालाई १० प्रतिशत दिएको कमिसन अर्थात २४ अर्बको १० प्रतिशत २ अर्ब ४० करोड कमिसन खोई भनेर सभापती शाहले लिखित रुपमै प्रश्न चिह्न खडा गरेका छन् ।

लेखासमितिले आजको बैठकमा निगम र सरकारमाथि प्रश्नैप्रश्न उठाएको छ । जसमध्ये वाईडमबडीमा निगमको मात्रै स्वामित्व छ कि अरु कसैको छ ?, जहाज उत्पादक कम्पनी एयरबस किन्दाखेरी ४९ प्रतिशतसम्म छुट दिने गरेको तर यसपटक छुटको प्रस्ताव नै नगर्नुको कारण के हो ? लगायत रहेका छन् ।

पर्यटन मन्त्रालय माथिको छानविनमाथि लेखासमितिले प्रश्न उठाएको छ । खरिद प्रक्रियामा संलग्नहरु नै रहेर गरिएको छानबिन निष्पक्ष भयो भन्ने आधार के छ ? पर्यटन मन्त्रालयले गरेको छानबिनको निश्कर्ष के आयो ? लगायत प्रश्न लेखा समितिले तेस्र्याएको छ ।