राजनीति

बस दुुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो भने २६ जना घाइते भएका थिए ।

यसैबीच आज दार्चुुलामा मिनिबस दुुर्घटना हुँदा दुुई जनाको मृत्युु हुनुुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।