प्रदेश 1

थुलुङदूधकोशी गाउँपालिकाको मोबाइल एप सार्वजनिक

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले सूचनामूलक मोबाइल एप सार्वजनिक गरेको छ । गाउँपालिकाको सम्पूर्ण विवरणसहित सो एप सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

सो एपमा सुझाव तथा गुनासो, समस्या दर्ता, हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, वडा विवरण, महत्वपूर्ण स्थान र आपत्कालीन सम्पर्क नम्बरको पूर्ण विवरण राखिएको छ । गाउँपालिका अध्यक्ष राईले भने, “जो कोहीले भोगेको समस्या, गुनासो, गाउँपालिका वा जनप्रतिनिधिका बारेका सुझाव मोबाइल एपबाट नै दर्ता गर्न सकिन्छ ।”

अध्यक्ष राईले भने, “अब विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारेमा आफ्नो धारणा राख्न सकिन्छ ।” मोबाइलको एबिथ स्टोरमा गएर त्जगगिलनमगमजपयकजष् च्गचबगिलष्अष्उबष्तिथ मा क्लिक गरी एप डाउनलोड गरी गाउँपालिकाको बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । ल्लाका सात गाउँपालिकामध्ये मोबाइल एप सार्वजानिक गर्नेमा थुलुङदूधकोशी पहिलो बनेको छ । सोलुदूधकुण्ड नगरपालिकाले भने केही महीनाअघि नै मोबाइल एप सार्वजनिक गरेको थियो ।