पु.समाचार

कांग्रेसलाई ठूलो झट्का, सयौ नेता कार्यकर्तालाई दाहालले नेकपामा भित्र्याए

काठमाडौँ । नेपाली कांग्रेस र राप्रपालाई ठूलो झट्का लागेको छ । पुष्पकमल दाहालको गृहजिल्लाबाट कांग्रेस र राप्रपाका सयौ नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् ।

पार्टीमा सबैलाई भित्र्याउदै अध्यक्ष दाहालले नेपालको विकास गर्ने सोच भएको र गर्न सक्ने पार्टी नेकपा मात्रै भएको दाबी गरेका छन् ।

भरतपुर महानगरपालिकाको २१ नम्बर वडामा आयोजित कार्यक्रममा बोल्दैँ अध्यक्ष दाहालले पछिल्लो समय सरकारले देखिने गरी काम गर्न नसकिरहेको अवस्थामा गम्भीर समीक्षा चलिरहेको चाड निष्कर्षमा पुगेर जनताको चाहनाअनुसार काम हुने बताए ।