गण्डकी प्रदेश

मिर्गौलापीडितलाई आर्थिक सहयोग

पोखरा । दुवै मिर्गौलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ ।

पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित उहाँको निवासमा पुगी बुधबार उक्त मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सो रकम प्रदान गरे । निर्माण व्यवसायी नेपालीको गत चैतमा उच्च रक्तचापका कारण दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले फिष्टेल अस्पतालमा उपचार गराइरहेका छन् । पचारका क्रममा अहिलेसम्म रु चार लाख खर्च भइसकेको बताउँदै उनकी श्रीमती सुमित्रा नेपालीले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।

वडा कार्यालय भवन शिलान्यास

पोखरा महानगरपालिका–११ मा रु दुई करोड ४९ लाख ३३ हजारको लागतमा दुई तल्ले पक्की कार्यालय भवन निर्माण गरिने भएको छ । आगामी १५ महीनाभित्र निर्माण गर्ने लक्ष्य रहेको उक्त भवन महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गरे ।