बाग्मती

उपमेयर जोशीको घरबाट १६ लाख बराबरको चोरी

भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा आज चोरी भएको छ ।

सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ ।

आज प्रेस बिज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गरिएको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिए ।