पत्रपत्रिका

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ ।  संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रअनुसार समितिले सुनुवाइ प्रक्रिया प्रारम्भ गर्दै शुक्रबारदेखि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भएमा सरोकारवालाहरुले मङ्सिर १७ गतेसम्म समितिमा दिन सक्नेछन् ।
सुनुवाइ समिति सदस्य योगेश भट्टराईले चारै जना राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।