राजनीति

विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यहि मंसिर ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको बताइएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।

जनसभालाई पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बुधवार काठमाडौ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

शनिवार हुने जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ ।