पु.समाचार

चन्द्रसमशेरले खारेज गरेको दास प्रथा ओली सरकारले लागू गर्न खोज्योः उपसचिव पोखरेल

काठमाडौँ । उपसचिव ईश्वरी प्रसाद पोखरेलले प्रधानमन्त्री, मन्त्री र सचिव लगायत विभिन्न कर्मचारीहरुलाई भ्रष्ट्राचारीको संज्ञा दिएका छन् । एक टेलिभिजन कुराकानी क्रममा उनले यस्तो बताएका हुन् । उच्च तहका कर्मचारीहरुले नै राजनीतिक दलका नेताहरुलाई भ्रष्ट्राचार गर्न सिकाएको आरोप उपसचिव पोखरेलको छ ।

उपसचिव पोखरेलले आफूलाई सरकारले जागिरबाट बर्खास्त गरेपनि सत्य बोल्न नछोड्ने दाबी गरे । ‘मलाई सरकारले जागिरबाट हटाउनु ८३ हजार कर्मचारीमध्ये १ जना घट्ने न हो, त्यसपछि म ३ करोड जनाभित्र परुला तर म सत्य कुरा अभिव्यक्त गर्न छोड्दिन् ।’ फेसबुकमा स्टाटस लेख्दा स्पष्टिकरण सोधिएका उपसचिव पोखरेले शिक्षा सचिवको आदेश कुनै पनि हालतमा नमान्ने बताए ।

उनले भने, ‘जसले आदेश गर्ने नैतिकता राख्दैन, विवेक राख्दैन उसले आदेश दिने हैसियत राख्दैन् । जसले विवेक र नैतिकता गुमाईसक्यो उसको आदेश किन्न मान्ने ?’

शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र मन्त्रीकै मोहोडा बनेका शिक्षा सचिवका कारण यो क्षेत्रमा भद्रगोल अवस्था सिर्जना भएको उपसचिव पोखरेलले आरोप लगाएका छन् । शिक्षा मन्त्रीले यो क्षेत्रको अभिभाकत्व निर्वाह गर्न नसकेको मनपरी हिसाबले अगाडी बढेका आरोप लगाए ।

सामान्य प्रशासनलार्ई उनले भूतको संज्ञाम दिएका छन् । हरेक मन्त्रालयमा रहेको सामान्य प्रशासन भन्ने शाखाले हैकमवादी प्रवृति अंगालेको पोखरेलको भनाई छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न शाखा उपशाखा राखृेर कसैलाई मालिक कसैले दास बनाएको आरोप लगाए ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमाथि अराजकतन्त्र मच्चाईरहेको उनको आरोप छ । आफूलाई पनि सरकारले दास बनाएको जुन कुनै पनि हालतमा स्वीकार्य नभएको बताए । चन्द्रसमशेरले खारेज गरेको दास प्रथा अहिलेको सरकारले लागू गर्न खोजेको पोखरेलको गम्भीर आरोप छ ।