पु.समाचार

देखिने गरी काम नभएपछि प्रधानमन्त्री ओली उत्रिए एक्सनमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारबाट विभिन्न मन्त्रीहरुको कामको समीक्षा थालेका छन् । ओली नेतृत्वको सरकार बनेको झण्डै ९ महिना बितिसक्दा समेत देखिनेगरी काम नभएको गुनासो आएपछि उनी एक्सनमा आएका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीहरुको कामको समीक्षा आज बिहान ११ बजेदेखि थालिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले मन्त्रीहरुको कामको अनुगमन गर्न आजदेखि सफ्टवेयर प्रयोगमा आएको बताईएको छ । मन्त्रालयले तयार पारेका सम्पूर्ण कार्ययोजना सफ्टवेयरमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जनताले चाहे अनुसार काम नभएको भन्दै सरकारको पछिल्लो समय चौतर्फी आलोचना हुदैँ आएको छ ।