सूचना प्रविधि

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब नेपालमा

काठमाण्डौ । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउने छ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे, सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गर्दछ । हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड), बाट मात्र खरिद गर्न कम्पनीले आग्रह गरेको छ