आर्थिक

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीच मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।