राजनीति

शेखर कोइरालाको कटाक्ष–प्रधानमन्त्रीजी रेल र पानी जहाज कहाँ छन् ? मलाई चड्न मन लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल पानी जहाज ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन् ।

निर्वाचनका बेला गरिएका दुई प्रतिवद्धता रेल र पानी जहाज चलाउन प्रधानमन्त्री ओलीलाई उनले आग्रह गरे । ‘प्रधानमन्त्रीजीलाई म यति नै भनौ, तपाईको पानी जहाज र रेल कहाँ गयो ? मलाई चड्न मन छ’ उनले प्रधानमन्त्रीलाई ब्यङगे गर्दै भने ‘मलाई पनि सदस्यको रुपमा राख्नुस्, तपाईंले जहाँ लैजानु हुन्छ, त्यहाँ जान तयार छु ।’

इलाममा बीपी कोइरालाको शालिक अनावरण गर्दै कोइरालाले रेल र पानी जहाज छिटो ल्याउन प्रधानमन्त्री ओलीलाई चुनौति दिए । ‘दुई बर्ष होइन, डेढ बर्षमा रेल नै ल्याउनुस्’ कोइरालाले भने, ‘त्यसमा चड्न र त्यसको सदस्य बन्न म तयार छु ।’ उनले प्रधानमन्त्री ओलीलाई शक्तिको भोक चड्ेको पनि बताए ।

‘शक्तिको भोक कम्युनिष्टको प्रवृति हो’ भन्दै उनले प्रधानमन्त्री मातहत राष्ट्रिय अनुसन्धान विभाग, २५ अर्ब माथिको प्रोजेक्ट प्रधानमन्त्रीबाट अनुगमन गर्ने तयारी आदिलाई शक्तिको भोकको रुपमा व्याख्या गरे।