सामाजिक सञ्जाल

शुष्माको आक्रोसः काठमाण्डौका मेयरको नाम बिद्यासुन्दर काम भने फोहोरको थुप्रोमा निदाउने !

काठमाण्डौ । कलाकार शुष्मा कार्की देशका पछिल्ला बिकृतिहरुप्रति आक्रोस पोख्छिन् ।

उनी सामाजिक सञ्जाल फेसबुकमा यस्तो आक्रोस पोख्छिन् ।  ‘बलत्कारी, हत्यारा, भ्रष्टाचारी, देशद्रोही, गुन्डानाइके, अत्यचारीहरु जतिलाइ खुकुरिमा रगत नै न लाग्ने गरि सिध्याउन मन लाग्छ तर के गर्नु कानुन बिपरित जान न मिल्ने। गर्न मिल्ने ठाउमा पुगेकाहरुले ले आँखामा पट्टि बाधेर, कान बन्द गरेर बसेका छ्न, ३८ क्युन्टल सुनको कथा पनि इति श्री भने झै सक्कियो, निर्मला पनि सेलाउदै गइन, दोशी खुलेआम घुम्ने कठै मेरो देशको कानुन दैबले पनि कसरी जानुन ? प्रधानमन्त्री कार्यकर्तालाइ हसाउदै, जनतालाइ बेबकुब बनाएर गफ गर्दै, रास्ट्रपतिको चाकरी गर्दै ठिक्क, रास्ट्रपतिलाई भौतिक बिलासिता सुख भोग गर्दै ठिक्क, कोहि मन्त्री एउटा देश जाने भनेर अमेरिका पुग्छ्न कुनै मन्त्रीलाई मिटुको अभियोग लाग्छ अनि मुख्यमन्त्रीलाई मुख छोडदै हिन्छ्न, ककस्को कुरा गर्नु र मेयर को कुरा त झन गरि साध्य छैन नाम चाहिँ बिध्या सुन्दर फोहोरको थुप्रोमाथी निदाएर बस्छ्न् । उनीमा न बिध्या छ न त सुन्दरता नै अनि त सक्कि गयो नि हैन र ? Dear जिन्दगि’