सामाजिक सञ्जाल

अनुरागको लेटेष्ट गजलः कसैका निम्ति यो दिल छ साच्चै मनपरि जस्तै !

*गजल*

लागेको छ आफ्नै जीवन आफैलाई भुमरी जस्तै।
र छटपटाई रहन्छु म पखेटा कटिएको चरी जस्तै।
*******************************
तिम्रा ती यादहरु इलेजर र डस्टर जस्तै रहेछन।
मेरा खुशीहरु भएका छन पेन्सिल र खरी जस्तै।
*******************************
भित्री चरित्र हेर्दा रावन भन्दा कम छैन फलानो।
बाहिर दुनियाँमा देखिन्छ उ राम जस्तै हरी जस्तै।
*******************************
आज यो शहरको चोकलेपनि गाउँ सम्झाईदियो।
जब केही मान्छे आएर गाइदिए गित लैबरी जस्तै।
*******************************
आउछन दिल भित्र बाँस बस्छन र बाटो लाग्छन।
कसैका निम्ति यो दिल छ साच्चै मनपरि जस्तै।
*******************************
बिजय कुमार शाह अनुराग
-एता रुकुमबाट

यो गजल हामीले अनुरागको फेसबुक टाईमलाईनबाट साभार गरेका हौ ।