बाग्मती

२२० लिटर मदिरासहित २ जनालाई हतकडी

काठमाडौँ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ५ कालोपुलमा सवारीसाधान जाँचको क्रममा २२० लिटर घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटका सुका तामाङले मारूती भ्यानमा लुकाएर ल्याएको १५० लिटर र रामेछापका पेम्मा तामाङले स्कुटरमा बोकेको ७० लिटर घरेलु मदिरा आज बरामद गरिएको हो ।

उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएर तामाङद्वयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।