राजनीति

जनताको सुखदुःखको पार्टी काँग्रेस हो भनेर चिनाउन रातदिन लागिरहेको छुः प्रकाशमान सिंह

काठमाण्डौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठान ले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंँहले पार्टी नेत्त्रत्व को कमजोरीका कारण पार्टी झनझन कमजोर हुँदै गएको बताएका छन् ।
पाटि कमजोर बन्यो पाटि सुधार गरुभन्दा बिरोध गरेको बुझ्ने नेता बाट पाटि सुधार हुन नस्कने धारणा राखेका छन् । पार्टी लक्ष्य र उद्देश्यबाट बिमुख हुँदै जादा देस भरका कार्कर्तामा निराशा बढीरहंदारहंदा केही सिमित ब्यक्तिको उक्साहटमा बहुमत को दम्भ मा नेतृत्व रमिते बन्नु अतेन्तै दुखद रहेको बताएका छन् ।
चुनावी मुखमा आएर सरकारको नेतृत्व गरिरहेको काँग्रेसले पार्टीले गरेका एकपछि अर्को निर्णय, राजदुतको नियुक्ति होस या आईजी नियुक्तिको कुरा होस या न्यायालयसंग जोडिएका निर्णय हरेक बिषय अलोकप्रिय र जन चाहाना बिरुद्ध भएकाले पार्टी यो अवस्थामा पुगेको बिचार ब्यक्त गरेका छन् ।

पार्टी बिधिबिधान अनुसार चल्नु पर्छ चलाउनु पर्छ भनेर आफुले बारबार भन्दा आफुलाई बिरोधि देख्ने गरेता पनि बिधान भन्दा कोईपनि हुन सक्दैन भन्ने कुरा मा आफु प्रस्ट रहेकाले पार्टी भित्र कसैको बिरोधि नभई पार्टी सुधार र बिधिसम्वत चलाउनु पर्छ भन्ने आफ्नु मान्यता रहेको बताएका छन् ।
बहुमतको नाममा आज पार्टी गतिविधि चलाउनु अहिले लाई त ठिकै होला गलत नजर बिकास गर्दै जादा यसले पार्टी कमजोर बन्दै जाने कुरा ख्याल राखन समेत आग्रह गरेका छन् । अझै पनि बिधान केही हैन मनै सबै थोक हो भन्ने नेत्त्रित्वको अहमता रहदा पार्टी सुधार हुन नसक्ने बताएका छन् । जनमानसमा परिचित काँग्रेस पार्टीको साख बचाउन जनताको सुखदुखको साथि कांग्रेस हो भन्ने स्थापित गराउन आफुहरु लागि परिरहने बताएका छन् ।
अब केन्द्र को मुख मात्र नताकि जिल्लाका नेताहरुले तेरो मेरो नभनि बिधानको परिधिभित्र रहेर सबै शीत समन्वय गरेर मिलेर मिलायर जिल्लाको पार्टी संगठन सुधार र निर्माण लाग्न समेत आग्रह गरेका छन् । जनजिविकाका सवालहरु जनताका सुखदुखमा साथ दिएर जनताको घरआगनमा पुग्न समेत निर्देसन दिएका छन् । राजनीतिलाई ब्यवसाय नभई सेवाको भावले काम गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानि, रामकृष्ण यादव राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष कांग्रेस नेता डाक्टर गोबिन्द राज पोखरेलले काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ लगायतले अब कांग्रेस सुधारको आवस्यकता रहेको बिचार ब्यकत गरेका छन् । जिल्ला सभापति अमर भन्डारी को सभापतित्वमा जिल्ला समेलन सम्पन भएकोछ ।