पु.समाचार

गृहमन्त्रीको मातहतमा प्रहरी राखेर ओली सरकारले संघीयता बिरोधी चरित्र देखायो: डा. कोईराला

ईलाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभाबशाली नेता डा शेखर कोईरालाले ओली सरकारको कर आतंकले वडादेखी केन्द्रसम्म नेपाली जनतालाई मारमा पारेको बताएका छन् । संबिधानले दिएको अधिकार सरकारले प्रयोग गर्न नसकेको र प्राकृतिक स्रोत तथा वित्त आयोग बनाउन सरकार असफल भएको छ । करको टुंगो लगाउने काम वित्त आयोगको भएको भन्दै बर्तमान ओली सरकार संघीयता बिरोधी भएको आरोप लगाए ।

डा. कोईरालाले प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालय प्रमुख गृहमन्त्रीको अण्डरमा हुनुले मुख्यमन्त्री कामबिहीन भएको बिचार ब्यक्त गरेका छन् । प्रदेश र केन्द्र सबैतिर सबै प्रधानमन्त्रीको पार्टीको भएको जानकारी दिँदै आफ्नै पार्टीका मन्त्री र मुख्यमन्त्रीलाई उनलाई विश्वास नभएको जिकिर गरेका छन् ।
ओली सरकार निरिह बनेको छ, प्रधानमन्त्रीले नै पुलिस प्रशासन, न्यायपालीका र कर्मचारीले आफ्नो कुरा नसुनेका कारण निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन नसकेको बताउनु, अमेरिका भ्रमणका बेला निर्मलाको हत्यारा पत्ता लयाउन १२ बर्ष लाग्छ भन्नु जनता बिरुद्ध भएको बताए ।
प्रधानमन्त्रीसंग दुईतिहाई मत भएपनि उनी शक्तीको भोको भएको आरोप लगाएका छन् । अर्को प्रशंगमा कुरा गर्दै डा. कोईरालाले भने, ‘नेपाली काँग्रेस संबिधान संसोधन मा छ, जनताले सुशासन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार नियन्त्रण, जनतालाई शान्ती सुरक्षा खोजेको बताउदै जनताका शुन्य आवश्यक्ता पनि ओली सरकारले पुरा गर्न सकेको छैन ।’

प्रधानमन्त्री र मन्त्रीहरुले सुखी नेपाली र समृद्ध नेपालको नारा लगाएर पानी जहाज, रेल ल्याउने हावा नारा दिएको बताउदै जहाज ल्याउने ओलीको योजना राम्रो भएको बताउदै प्रधानमन्त्रीको अगाडी नै आफूले भनेको बताए ।
उनले नीतिगत भ्रष्टाचारे जरा गाडेको छ, वाईड बडीको कुरा पर्यटन मन्त्री आफैंले स्विकारेको कुरा हो । काँग्रेसले आफैले गल्ति कमजोरीका कारण चुनाब हारेपनि एमाले र माओबादी मिलेर हारेको हो भन्ने भ्रम हटाउनुपर्ने बरु काँग्रेसले आफ्ना गल्ति कमजोरी हटाउन लाग्नुपर्ने बिचार ब्यक्त गरेका छन् । दुईतिहाईको ओली सरकारले लोकतन्त्र समाप्त गर्छ भन्ने कुरा गलत भएको र काँग्रेस कार्यकर्ताको बलका कारण कम्युनिष्टको लोकतन्त्र समाप्त पार्ने रणन्ीति सफल हुन नसक्ने ठोकुवा गरेका छन् ।
उनले नेपाल भारत र चीनसंगमात्र नजिक भयो भन्ने कुरा उठ्न हास्यास्पद भएको बताउदै जति पहाडतिर गयो उति जग्गा बाँझो देखिने भन्दै श्रमश्क्रीहरु बिदेश पलायन भएर रिमिट्यान्सको भरमा मुलुक चलाउने परम्परा देखिएको बताए । कृषिमा अनुदान, आधुनिकिकरण गर्न कृषि औद्योकिकरण गरेर कृषिमा उत्शाह ल्याउनुपर्ने बताए । र्