आर्थिक

कुमारी बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ ।