राजनीति

जनताका आधारभुत आवश्यक्ता समेत पुरा गर्न नसक्दा ओली सरकार पूर्ण रुपमा असफल: नेता सिंह

कपिलबस्तु । कांग्रेस नेता प्रकाशमान सिँहले सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । आज नेपाली कांग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्ब महामन्त्री सिंहले शान्ति सुरक्षा प्रदान गर्न सकेको छ, न त जनजिवकाका सवालमा केही गर्न सकेको छ भन्दै सरकारका गतिविधि राजनीतिक अस्थिरता बठाउन र संघियता असफल बढाउन उद्यत रहेको आरोप लगाएका छन् ।

फरक प्रसंगमा बोलदै पार्टी भित्र पनि सरकारलाई बहुमतको दम्भ भएजस्तै बहुमतको अहमता रहेको बताएका छन् । आफु कोही कसैको बिरोधमा नलागेको तर पार्टी गतिविधि बिधिबिधान अनुरुप चलेन भन्दा प्रकाशमान सिंहले मेरो बिरोध गर्यो भनेर बुझ्ने बनी पार्टी सभापतिलाई पर्न थालेकोले पार्टी भित्र आफुले उठाएका कार्कर्ताले दिएका सुझाव राख्दा पार्टीले सहि रुपमा बुझ्न नसक्नु बिडम्वाना भएको बताएका छन् ।

अहिले सरकार प्रति नागरिकमा निरासा छ पार्टी कार्यक्रता हरुमा उत्साह प्रधान गर्न पार्टी बिधिबिधान अनुरुप चलाउन सके पार्टी कार्यकर्तामा उर्जा आउन सक्ने र जनतामा रहेको निरासा चिर्न सकिने अवस्था रहेकोछ भन्दै आफुहरु पार्टी सुधारका लागि निरनतर लागिरहने बताएका छन् । पार्टी भित्र फरक मत राख्नेलाई बहुमतले पेलेर जानुपर्छ भन्ने सोच हावि भएकाले जायज बिषय उठाउने कुराबाट भने आफु पछि नहट्ने बिचार ब्यकत गरेका छन् ।

केहिदिन अघि आफुले केन्द्रीय समिति बैंककमा नोटअफ डिसेन्ट लेखेको र जुन बिषयमा नोटअफ डिसेन्ट लेखियो तेहि बिषयमा कुनै सम्बोधन गर्न नचाहे पछि तेहि बिषयमा छलफलमा सभागि हुनु नोटअफ डिसेन्ट लेखेको गल्ती स्विकारे जस्तो देखिने भएकाले आफु बैठकमा उपस्थिति नभएको बताएका छन् । कार्यक्रममा केन्द्रीय सदस्यहरु हृरदयराम थानी, रामकृष्ण यादब, काठमाडौं जिल्ला सभापति सबुझ बानिया लगायतले आफ्नो बिचार राखनु भएको थियो भने कार्यक्रम जिल्लामा सभापति सुरेन्द्र राज आचार्यको सभापतित्वमा सम्पन भएको थियो ।