राजनीति

नेविसंघको वर्तमान कार्यसमितिको म्याद थपेर अघि बढ्न देउवा र पौडेल सहमत

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद थप गरेर अघि बढ्न पार्टी सभापती शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् ।

देउवा र पौडेलबीचको सहमतीसँगै काँग्रेसले संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ ।

आईतबार बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले यसबारेमा आधिकारिक निर्णय सार्वजनिक गर्ने पार्टी निकट स्रोतले बतायो । तीन महिनाभित्र अधिवेसन हुनेगरी आजको बैठकले मिति तय गर्ने बताईएको छ ।

नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद पनि आजैबाट सकिँदैछ । यता नेविसंघ वर्तमान अध्यक्ष नैनसिंह महर विरुद्ध वरिष्ठ नेता पौडेल पक्षधर नेविसंघ नेता कार्यकर्ता रुष्ट बन्दै आएका छन् ।