मनोरञ्जन

प्रतिनाद सांगीतिक साँझ २०७५ एकल गायनका साथ गुञ्जिने

काठमाडौँ । गीतकार डा. डिआर उपाध्याय को ‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । आफ्नो सांगीतिक यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर यो कार्यक्रमको संयोजन गरिएको उनि बताउछन ।

यहि मङ्सिर ९ गते आइतबार काठमाडौँको रास्ट्रिय नाचघरमा विभिन्न गायक गायिकाहरुले एकल र युगल प्रस्तुति दिएर कार्यक्रम भब्य बनाउनेछन् । कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ ।

अभिनन्दनको साथमा डि।आरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको यो पहिलो पटक नै हो । एल्बमहरुमा बुलु मुकारुंग , सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ ।

ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस तथा डिआर म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको यो कार्यक्रमलाइ यसोदा फूडले प्रायोजन गर्ने भएको छ । आफ्नो गितीकारिता जिबनकै पहिलो एकल साँझ मार्फत गुञ्जिन लागेका डा।डि।आर कार्यक्रमप्रति उत्साहित छन् ।