बाग्मती

अपाङ्ग मानवअधिकार केन्द्रमा सेढाईं

काठमाडौँ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले तारावदन सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, महासचिवमा जगदीशप्रसाद अधिकारी, सचिवमा जानकी श्रेष्ठ र कोषाध्यक्षमा अम्बिका खड्का चयन हुनुभएको छ भने सदस्यमा सुशीला ढकाल र प्रल्हाद श्रेष्ठ चयन भएका छन् ।

सभामा राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले अपाङ्गता मानवअधिकारका क्षेत्रमा सो संस्थाले गर्दै आएका कामको प्रशङ्सा गर्दै अधिकार प्राप्तिका लागि निरन्तर लाग्नु शुभेच्छ व्यक्त गरेका थिए । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकार दिलाउन आफूहरुको प्रयासमा राजनीतिक र कर्मचारी तन्त्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।