कृषि

व्यावसायिक सिस्नो खेती आम्दानीको स्रोत

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् ।

साउनेका कृष्णमाया मगरले यस पटक पनि सिस्नो बिक्रीको समय शुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताए । घर वरपरको पाखा र बारीको काल्लामा व्यावसायिक सिस्नो खेती गर्दै आएको उहाँले दशैँ र तिहारको बीचमा झण्डै रु १० हजारको सिस्नो बिक्री गरेको बताए । यस पटक उहाँले मङ्सिरदेखि माघ महीनासम्ममा पचास हजारभन्दा माथिको सिस्नो बिक्री गर्ने लक्ष्य राखेका छन् ।

साउनेको गैह्राटोलमा केही वर्षयता कृषकले व्यावसायिक सिस्नो खेती नै गर्दै आएको हर्कबहादुर मगरले बताए । सिस्नो जिल्ला सदरमुकाम गाईघाट बजारका होटल तथा घरमा माग हुने गरेकाले बजारको समस्या नरहेको उनको भनाइ छ ।

प्रत्येक हप्ताको बुधबार र शनिबार आफूहरुले सिस्नो गाईघाट बजार पु¥याउने गरेको र प्रतिकिलो रु ४० देखि ६० मूल्यसम्ममा बिक्री हुने गरेको कृषक जीतबहादुर मगरले जानकारी दिए । यहाँका बासिन्दाले वार्षिक रु बीसदेखि पचास हजारभन्दा माथिसम्मको सिस्नो बिक्री गर्ने गरेका छन् ।

सदरमुकामस्थित मेलिना होटलका सञ्चालक गङ्गा राई वर्षेनी पाँच हजारभन्दा बढीको सिस्नो आफुले खरीद गरेर खाने गरेको बताए ।