राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैँ, बैठकले यस्ता महत्वपूर्ण निर्णय लिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने भएको छ । पार्टी मुख्यालय सानेपामा आज दिउसो बैठक बस्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघ समयावधी लगायत बिषयमा छलफल हुने जनाईएको छ । पार्टीको भातृ संगठन नेविसंघ विधानअनुसार आईतबार स्वत विघटन हुदैँछ । नेविसंघ विघटन हुने भएपछि अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल हुन लागेको प्रवक्ता शर्माको भनाई छ ।

आजको बैठकले नेविसंघको आसन्न १२ महाधिवेसनको मिति तोक्ने बिषयमा पनि महत्वपूर्ण निर्णय लिने बुझिएको छ । वर्तमान अध्यक्ष महर नेतृत्वको संघको वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते नै सकिए तापनि पार्टीको निर्देशक समितिले तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटसहित समय थपेको थियो ।