अन्तर्राष्ट्रिय

कारबाहीमा २० लडाकू मारिए

जलालावाद । अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट (आईएस) का कम्तीमा २० लडाकू मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“राष्ट्रिय सुरक्षा टोलीले बिहीबार बेलुका सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा कम्तीमा २० लडाकूहरु मारिएका हुन्,” विज्ञप्तिमा उल्लेख छ ।
सरकारी अधिकारीहरुले मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेका र उनीहरु आचिन जिल्लामा सक्रिय रहेको जनाएका छन् ।
लडाकूहरुले प्रयोग गर्ने सामग्री पनि सुरक्षाकर्मीले नष्ट गरिदिएको समाचारमा जनाइएको छ ।

सुरक्षाकर्मीले अन्य ठाउँहरुमा पनि सुरक्षा कारबाही अभियान संचालन गरिरहेको बताएका छन् । –एजेन्सी