लुम्बिनी

देवकोटालाई व्यवसायी चन्दले गरेको आक्रमणप्रति महासङ्घको भत्र्सना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले महासङ्घका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत् पत्रकार देवीराम देवकोटालाई यातायात व्यवसायी राजु चन्दले आक्रमण गरी घाइते बनाएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी कुनै पनि बहानामा पत्रकारमाथि आक्रमण गरिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको बताउँदै महासङ्घले प्रेसविरोधी यस्ता घटनाको कडा भत्र्सना गरेको उल्लेख गरेका छन् ।

महासङ्घले आक्रमणमा संलग्नमाथि कानूनी कारवाही गरी प्रेसलाई स्वतन्त्र र निर्धक्करूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

यही कात्तिक २९ गते साँझ परिवारसहित काठमाडौँ जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन, मुढामा बसेर जाने भन्दै यातायात व्यवसायी चन्दले आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार देवकोटाको टाउको र आँखामा चोट लागेको छ ।