राजनीति

१३औँ पुण्यतिथिमा यसरी गरियो पद्मरत्नका योगदानको स्मरण !

काठमाडौँ । नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा तुलाधरले पु¥याएका योगदानको स्मरण गरियो ।

सो सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रुपमा अघि बढाउनुपर्ने र उहाँका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पु¥याउनुपर्ने खाँचो आँैल्याए ।

दिवङ्गत तुलाधरलाई मुलुकमा निरङ्कुश शासन रहँदा निर्भिक भएर आन्दोलनको अगुवाइ गर्ने महानायकको रुपमा स्मरण गर्दै उनले तुलाधरको हरेक भूमिका सशक्त र निष्ठापूर्ण भएको बताए ।

पूर्व सभामुख दमननाथ ढुँगानाले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको र अब पनि उहाँकै मार्गमा हिँडेर उहाँद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रुपमा स्मरण गरे । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने सङ्घर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए ।

श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधर जस्ता व्यक्ति फेरि फेरि जन्मिरहूँन भनी कामना गर्नु सान्दर्भिक हुने विचार व्यक्त गरे ।

दिवंगत तुलाधरप्रति जनकवि दुर्गालाल श्रेष्ठ, उद्योगपति लक्ष्मीदास मानन्धर, सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, आदिवासी जनजाति महासङ्घका प्रवक्ता डा ओम गुरुङ, नयाँ शक्ति पार्टीका नेत्री हिसिला यमि, नेपाल संवत् हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमा, सांसदलगायतले दिवंगत तुलाधरको तस्वीर अगाडि भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका थिए ।

सभाअघि नेपाल परम्परागत बौद्ध धर्म सङ्घका बज्राचार्य गुरुहरुबाट दिवङ्गत तुलाधरको सुगतिको कामना गर्दै दुर्गति परिशोधन धारणी पाठ गरिएको थियो । दिवङ्गत तुलाधरको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

तुलाधरको असामयिक निधनका कारण कात्तिक २२ गतेको भिन्तुना ¥याली स्थगन गरिएको थियो । यो वर्ष न्हूँद राष्ट्रिय समारोह समितिको आह्वानमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःलाई स्मरण गर्दै मङ्सिर २ गते शंखधर दिवसका अवसरमा वसन्तपुरबाट एक विशाल साँस्कृतिक ¥याली निकालिँदै छ ।